विदेशी कलाकारको विज्ञापनलाई नेपालभित्र सामाजिक सञ्जालमा पनि रोक लगाउँछौं : अध्यक्ष हुमागाईं – Nepal Press

विदेशी कलाकारको विज्ञापनलाई नेपालभित्र सामाजिक सञ्जालमा पनि रोक लगाउँछौं : अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विदेशी कलाकारको विज्ञापनलाई नेपालको सामाजिक सञ्जालमा रोक्नेगरी सामाजिक सञ्जाल सम्बन्धी ऐन बनाइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले यसको लागि मस्यौदा तयार भइसकेको बताए । उनले विज्ञापन बोर्डले अब विदेशी कलाकारहरुको विज्ञापन सामाजिक सञ्जालमा रोक्ने प्रश्ताव गरेको बताए ।

उनले क्लिन फिड पोलिसी बनाएसँगै विदेशी टेलिभिजनहरुमा विदेशी विज्ञापनलाई रोक लागेको बताए । नेपाली कलाकारहरुलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि डबिङ विज्ञापनलाई पनि रोकेको बताए ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनाएर ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरिएकाले अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरुको विज्ञापन डब गरेर प्रसारण गर्न नपाइने बताए ।

अध्यक्ष हुमागाईंले दुई अर्थी लाग्ने विज्ञापनहरु भए गुनासो गर्न र एक्शनयोग्य गुनासाहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

यस्तो छ उनको भनाइः

क्लिन फिड पोलिसीले एउटा महत्वपूर्ण पाटो भनेको विदेशी टेलिभिजनहरुमा विदेशी विज्ञापनलाई रोक लगायो । त्यति मात्र गरेर नेपाली कलाकारहरुलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि हामीले डबिङ विज्ञापनलाई रोक्यौँ । तर पोलिसी २०७३ सालमा आएपनि त्यो कार्यान्वयनमा आउन सकेन । त्यसपछि हामीले विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनायौँ ।

त्यो ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरियो । जसको परिणामस्वरुप अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरुको डब गरेर प्रशारण गर्न पाइँदैन । तर प्रश्न उठेको छ, डिजिटल मिडियामा के त ? निकट भविष्यमा सामाजिक सञ्जाल सम्बन्धी ऐन आउँदैछ । त्यसको मस्यौदा तयार भएको छ र विज्ञापन बोर्डको प्रश्ताव छ, अब विदेशी कलाकारहरुको विज्ञापन हामी सामाजिक सञ्जालमा पनि रोक्छौँ । कि यो खुला हुन्छ, कि रोकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर