इमेज सहकारीकी कोषाध्यक्ष सुनार जेल चलान – Nepal Press

इमेज सहकारीकी कोषाध्यक्ष सुनार जेल चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् ।

जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको थियो ।

उनीविरुद्ध जिल्ला अदालत बागलुङबाट गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता फरार सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।

सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर