युक्रेन मामिलामा रुसलाई सहयोग गर्ने चिनियाँ रक्षामन्त्रीको भनाई
काठमाडौं । चिनियाँ रक्षामन्त्री तोङ चुनले रुसलाई युक्रेन मामिलामा सहयोग गर्ने बताएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार आफ्ना रुसी समकक्षी सेर्गी सोइगूसँग कुरा गर्दै चुनले यस्तो बताएका हुन् ।
चीन र रुसको रणनीतिक साझेदारी नै विश्वको शान्ति स्थापनामा महत्त्वपूर्ण हुने चुनले बताएका हुन् ।
‘अमेरिका र युरोपले चर्को दबाब दिइरहँदा पनि हामीले युक्रेन मामिलामा तपाईँहरूलाई साथ दियौँ’ चुनले सोइगूसँग भनेका छन्, ‘यसमा हाम्रो स्थापित नीतिमा कुनै फेरबदल हुनेछैन ।’
चुनले रुसको पनि ताइवान र अरू मामिलामा रुसको त्यस्तै साथ पाएको बताएका छन् ।
उनको विश्वका दुई महत्त्वपूर्ण शक्ति भएको नाताले चीन र रुसले मिलेर विश्वका चुनौतीहरूसँग लड्नुपर्ने समेत बताएको आरटीले उल्लेख गरेको छ ।
जवाफमा सोइगूले रुस र चीनले कुनै सैन्य गठबन्धन नबनाएको तथा दुई देशको मिल्ती कुनै तेस्रो देशमा लक्षित नभएको समेत बताएको आरटीले उल्लेख गरेको छ ।