लाल सागरमा अमेरिकी पानीजहाजमा मार हानेको हुथीको दाबी – Nepal Press

लाल सागरमा अमेरिकी पानीजहाजमा मार हानेको हुथीको दाबी

काठमाडौं । यमनको राजधानी लगायतका महत्त्वपूर्ण क्षेत्रहरू कब्जा गरेर बसेको विद्रोही शक्ति हुथीले अमेरिकी स्वामित्वको एक पानीजहाजलाई मार हानेको दाबी गरेको छ ।

बीबीसीका अनुसार हुथीले केओआई नामक पानीजहाजलाई मार हानेको दाबी गरेको हो । यमनको दक्षिणी बन्दरगाह आदेनमा एक विस्फोट भएको सुनिएको पानीजहाज सुरक्षा क्षेत्रमा काम गर्ने कम्पनी आम्ब्रेले उल्लेख गरेको बिबिसीले बताएको छ । यसैबीचमा अमेरिकाले नयाँ हवाई हमला सुरु गरेको छ ।

हमलामा मार हान्न तयार गरिएका दश ड्रोन लक्षित गरिएको बीबीसीले उल्लेख गरेको छ । इजरायलले गाजामा गरेको अमानवीय हमलाको विरोध गर्दै आएको यमनी विद्रोही समूह हुथीले इजरायली पानीजहाजलाई मिसाइल तथा ड्रोन हमला सुरु गरेको थियो ।

पछि अमेरिका तथा बेलायतले हवाई हमला सुरु गरेपछि अमेरिकी तथा बेलायती पानीजहाजहरूमा पनि हुथीले हमला सुरु गरेको हो ।

हुथीलाई बहुसंख्यक विश्वले विद्रोही समूह मान्दै आएको छ भने युरोप अमेरिका तथा केहि अन्य देशहरूले भने आतंककारी भन्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर