१ खर्ब ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक – Nepal Press

१ खर्ब ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले माघको १८ दिनमा १ खर्ब ७० अर्ब रुपैयाँ तरलता खिच्दै छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत उक्त रकम खिचेको हो ।

आज (माघ १८) मात्र २० अर्ब निक्षेप बोलकबोल मार्फत उठाउन लागेको केन्द्रीय बैंकले यस अघि ६ पटक निक्षेप बोलकबोल गरिसकेको छ ।

माघ ३ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ १० मा २० अर्ब रुपैयाँ, १६ गते २० अर्ब र १७ गते ३० अर्ब रुपैयाँ निक्षेप बोलकबोल मार्फत उठाएको छ ।

पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएपछि दैनिक जसो केन्द्रीय बैंकले तरलता खिचिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *