नेपालमै उत्पादन भएका निर्माण सामग्रीको प्रदर्शन सुरु, हुलास स्टीलमा रौनक – Nepal Press

नेपालमै उत्पादन भएका निर्माण सामग्रीको प्रदर्शन सुरु, हुलास स्टीलमा रौनक

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल ९औं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उदघाट्न गरेका छन् ।

आज बिहीबारदेखि सुरु भएको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोमा हुलास स्टीलले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको नवीनतम प्रविधिहरुको प्रर्दशन गरिरहेको छ । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी दिनको लागि प्रदर्शनी भाग लिएका हुन् ।

करिब ५ दशक लामो इतिहास बोकेको हुलास स्टीलले अवलोकन तकर्ताहरुका लागि आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेको छ ।

निर्माण सम्बन्धीका सम्पूर्ण सामाग्रीहरुका मोडलहरु प्रदशनीमा छन् । हुलास स्टीलले पिफियर बिल्डीङ समेत बनाउने गरेको छ । जसका लागि बोड ब्यारीङ फर्म भएको च्यानल प्रयोग गरेर बनाइने मार्केटिङ प्रबन्धक सुनिल अधिकारीले बताए । अधिकारीका अनुसार यस्ता बिल्डिङहरुको कस्ट पनि कम पर्न जान्छ । ग्राहकको बजेट अनुसार नै घर बनाउन सकिन्छ ।

निमार्ण सम्बन्धी सामाग्रीहरुका लागि नेपालकै पुरानो कम्पनी मध्येको एक हो हुलास । हुलास स्टीलले कर्कट र जस्ता पाताहरुको मुख्य उत्पादकका रुपमा परिचित रहेको छ । कर्कट र जस्ता पाताहरुमा पनि रंगिन र सादा सबै प्रकारका पाताहरु हुलासले उत्पादन गर्दै आएको छ ।

अधिकारीका अनुसार निमार्ण सम्बन्धी कालो पाइप, जिआई पाइप लगायत विभिन्न प्रकारका पाइपहरु, पोल, स्टकचर, बाइप्रोडक्टहरु प्रर्दशनमा राखेको छ । हुलासले विद्युतीय खम्बा अर्थात पोलहरु पनि निमार्ण गर्ने गर्दछ भने ठूला निमार्णमा प्रयोग हुने टावरहरु समेत हुलसले बनाउने गदर्छ ।

निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम प्रविधिबारे जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गरिएको हो ।

प्रदर्शनीमा ३०० भन्दा बढी ब्राण्डका १५० भन्दा बढी स्टल राखिएका छन् । यो प्रर्दशनी ठूला निर्माण कम्पनी तथा निर्माणको काम गरिरहेका व्यक्तिहरु लक्षित प्रदर्शनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *