अरुण चौधरीलाई चार दिन थुनामा राख्न अनुमति (भिडिओ)
नेपाल प्रेस
२०८० माघ १८ गते १७:०२
काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो ।
जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।
तस्बिरहरु : उमेश कार्की
प्रतिक्रिया
सम्बन्धित खवर