सभामुखले छलफल गर्न बोलाए प्रमुख सचेतक र सचेतक
नेपाल प्रेस
२०८० माघ १९ गते १३:१९
काठमाडौं । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दैछन् । संसद अधिवेशनको तयारी सम्बन्धमा आज ४ बजे बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
सिंहदरवारस्थित कार्यकक्षमा बस्ने बैठक आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहने जनाइएको छ । सभामुख घिमिरेले सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारी गरेका छन् ।
सरकारले संसद अधिवेशन आह्वान गरेपछि समितिमा रहेका विधेयकहरुको विषयमा पनि सभामुखले चासो राख्दै आएका छन् । संघीय संसदको हिउँदे अधिवेशन यही सोमबार सुरु हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर