‘एलिका ब्राण्ड’ को ग्यास चुल्हो उपभोक्ताको विश्वास जित्न सफल भएको छ : सीजी – Nepal Press

‘एलिका ब्राण्ड’ को ग्यास चुल्हो उपभोक्ताको विश्वास जित्न सफल भएको छ : सीजी

काठमाडौं । सीजी कम्पनीले बिक्री वितरण गर्ने उत्पादनहरुमध्ये ‘एलिका’ ईटालियन ब्राण्डका चुल्होहरु उपभोक्ताहरुले अधिक रुचाइएको कम्पनीले दाबी गरेको छ ।

उक्त ब्राण्ड छोटो समयमा उपभोक्ताको विश्वास जित्न सफल भएको सीजीले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारका ख्यातिप्राप्त ब्राण्डका विभिन्न विद्युतिय उपकरण/उत्पादनहरुको वर्षौंदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आएको सीजी कम्पनीले ‘एलिका’ ईटालियन ब्राण्डका चुल्होहरुले उपभोक्तामा विश्वास जमाउन सफल भएको दाबी गरेको हो ।

कम्पनीले बिक्री वितरण गर्दै आएको एलिका चुल्होको ‘एलिका पिबी इन्डिया प्राइभेट लिमिटेड, आइएसओ ९००१–२००८ सर्टीफाइट’ विश्वविख्यात कम्पनी भएकाे सीजीले जनाएकाे छ ।

कम्पनीले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विभिन्न चरणमा कडा परीक्षण गरेर मात्र बजारमा बिक्री वितरणका लागि पठाउने जनाइएकाे छ ।

सीजी कम्पनीले विज्ञप्ति जारी गर्दै कम्पनीबाट उत्पादिन वस्तुहरुको गुणस्तरको सम्बन्धमा कम्पनीको आधिकारीक रिपोर्टले प्रमाणित गर्ने बताएको छ ।

‘एलिका कम्पनीबाट उत्पादिन वस्तुहरुको गुणस्तरको सम्बन्धमा कम्पनीको आधिकारीक रिपोर्ट काशन गरिएका यस्ता समाचारहरुमा सत्यता नरहेकाले यस्ता भ्रामक सूचनाहरूको सम्बन्धमा सचेत रहन हामी सबै उपभोत्ताहरूलाई आव्हान गर्दछौँ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *