नाबालिकाको फेक अकाउन्ट बनाएर साथीहरुलाई अश्लील म्यासेज, एक जना पक्राउ
नेपाल प्रेस
२०८० माघ २१ गते १७:२८
काठमाडौं । नाबालिकाको नामबाट फेसबुक अकाउन्ट बनाएर साथीहरुलाई अश्लील म्यासेज पठाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको कीर्तिपुरका ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरेको हो ।
महर्जनले फेसबुक अकाउन्टमा पीडित नाबालिकाको तस्विरसमेत राखेर अश्लील म्यासेज गर्न थालेपछि ब्युरोमा उजुरी परेको थियो । अदालतबाट ७ दिनको थुना म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर