काठमाडौं महानगरमा सर्तकता केन्द्रको छड्के, नौ जना कर्मचारी पोशाक नलगाएका भेटिए – Nepal Press

काठमाडौं महानगरमा सर्तकता केन्द्रको छड्के, नौ जना कर्मचारी पोशाक नलगाएका भेटिए

महानगरपालिकामा सेवा लिन पुगेका ५७ प्रतिशत सेवाग्राही नागरिक वडापत्रबारे बेखबर

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले काठमाडौं महानगरपालिकामा छड्के अनुगमन गरेको छ । महानगरपालिकाको कार्यालयमा छड्के अनुगमनका क्रममा नौ जना कर्मचारी तोकिएको पोशाक नलगाएर कार्यालयमा उपस्थित भएको पाइएको छ ।

साथै दुई जना कर्मचारी कार्यकक्षमा नभेटिएको सर्तकता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार महानगरपालिकाकै वडा नम्बर १० को कार्यालयमा सात तथा अनुपस्थित रहेको, एक जना कार्यकक्षमा नभेटिएको तथा वडा नम्बर २९ को कार्यालयमा पाँच जना कर्मचारी अनुपस्थित रहेको र तीन जनाले तोकिएको पोशाक नलगाएको भेटिएका छन् ।

केन्द्रको छड्के अनुगमनका क्रममा वडा नम्बर २९ को कार्यालयमा महिला पुरुषको शौचालय नुछुट्याइएको, स्तनपान कक्ष नभएको, चमेनागृह नरहेको पनि पाइएको छ भने वडा नम्बर १० को कार्यालयमा स्तनपान कक्ष र चमेनागृह नभएको तथा सहायता कक्ष निर्माणाधिन अवस्थामा रहेको पाइएको छ ।

केन्द्रले छड्के अनुगमनका क्रममा सेवाग्राही सर्वेक्षण फाराम पनि भरेको छ । जसमा काठमाडौं महानगरपालिकामा १९ जनाको सेवाग्राही सर्वेक्षण फाराम भर्दा जम्मा सेवाग्राहीको ५७ प्रतिशत अर्थात ११ जनाले आफुलाई नागरिक वडापत्रको बारेमा जानकारी नरहेको बताएका छन् ।

 


प्रतिक्रिया

One thought on “काठमाडौं महानगरमा सर्तकता केन्द्रको छड्के, नौ जना कर्मचारी पोशाक नलगाएका भेटिए

  1. प्रचण्ड सरकारले वालेनलाई बदनाम गराउन सकिन्छ कि भनेर छड्के गराएछ । भ्रष्ट र देश बेचुवाहरूको करतूतको पर्दाफास भैसक्यो । अब जे नाटक गरे पनि आफैतिर फर्कदैंछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *