देउवा पुत्र जयवीरले गरे विवाह, फागुन २ गते पार्टी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवा विवाह बन्धनमा बाँधिएका छन् । उनले शिवाना श्रेष्ठसँग माघ २१ गते पारिवारिक जमघटबीच विवाह गरेका हुन् । उनीहरुले लामो समयदेखिकी प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
आउँदो फागुन २ गते आर्मी अफिसर्स क्लबमा क्लबमा पार्टी दिने तयारीमा देउवा परिवार रहेका छन् । जहाँ राष्ट्रिपति, प्रधानमन्त्री, दलका नेता, उद्योगी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तिहरुको जमघट हुने जनाइएको छ ।
जयवीर र शिवानाले गत जेठ १ मा परिवार र केही साथीहरुबीच इंगेजमेन्ट गरेका थिए । जयवीर र शिवाना व्यवसायी पनि हुन् । जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत् व्यवसाय गरिरहेका छन् भने शिवानाको सौन्दर्य सामाग्रीका व्यवसाय छ ।
सौखले कभर गायिकासमेत रहेकी शिवाना पूर्व पराराष्ट्र सचीव केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त युरोपियन युनियन र अमेरिकाको राजदूत समेत बनेका थिए । यता जयवीरको विवाहमा आमा आरजु राण देउवाले नाचेको भिडिओ पनि केही दिनयता सामाजिक संजालमा भाइरल बनेको छ ।