कैलालीको पशुपति माविमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना प्रहरी नियन्त्रणमा
नेपाल प्रेस
२०८० माघ २२ गते १८:०८
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका- १ गोप्कास्थित पशुपति माविका विद्यार्थीहरूबीच झडप छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले कुट्ने र कुटाइ खाने दुवै पक्षका ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका विद्यार्थीहरुको साथबाट खुकुरी र नकसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर