रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले रुसी दूतावासको ध्यानाकर्षण गराउँदै – Nepal Press

रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले रुसी दूतावासको ध्यानाकर्षण गराउँदै

काठमाडौं । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले रुसी दूतावासलाई ध्यानाकर्षण गराउने भएका छन् ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावास पुगेर ध्यानाकर्षण गराउने भएका हुन् ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरूले वैदेशिक रोजगारीका लाग दुबई कतार लगायतका देशमा गएका युवाहरू पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।

अहिलेसम्म १३ जनाको त्यहाँ मृत्यु भएको पुष्टि भए पनि कति भर्ना भएका छन् भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर