चिया पसलबाट सुरु भएको सिद्धार्थ हस्पिटालिटीको २६ औंं वर्ष – Nepal Press

चिया पसलबाट सुरु भएको सिद्धार्थ हस्पिटालिटीको २६ औंं वर्ष

देशभर ३२ वटा शाखा, १५ सयलाई रोजगारी, सातै प्रदेशमा ५ स्टार होटल र विदेशमासमेत सेवा थप्ने तयारी

रुपन्देही । २०५४ सालमा कैलालीको टिकापुरबाट सामान्य खाजा घरबाट शुरुवात भएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि २६ औ वर्षमा प्रवेश गरेको छ ।

ग्रुपको सिद्धार्थ भिलासा भैरहवा र बनबास भिलासा चितवनमा गरी दुई वटा सुविधासम्पन्न पाँचतारे होटल, नेपालगंज र काठमाडौमा बौद्ध बुटिक गरी दुई वटा ४ तारेसहित देशभर ३२ वटा शाखाहरुबाट सेवा दिइरहेको छ ।

म्यानेजर केशवराज बश्यालका अनुसार पर्यटनसंग जोडिएको ग्रुपको आफ्नै पाथिल होलिडे ट्राभल एजेन्सी, होटल ब्यवस्थापन अध्यापन गराउने सिद्धार्थ इन्टिच्युट, आईटी टेक्नोलोजीको सार्भा टेक्नोलोजी र हस्पिटालिटी क्षेत्रमा चाहिने कृषि मागलाई पूरा गर्ने गरी धेरै विधाहरुमा जोडिएको छ ।

यसका साथै सात वटै प्रदेशमा पाँचतारे खोल्ने लक्ष्य रहेको उनले बताए । हाल ग्रुपबाट १ हजार पाँच सय कर्मचारीलाई रोजगार दिन सफल भएको छ । मल्टिपर्पोज कम्पनीका रुपमा संचालनमा ग्रुप निकट भविष्यमा भारतमा समेत सेवा दिने गरी जोड्ने अभियान थालेको उनले बताए ।

वार्षिकउत्सव समारोहमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरी मनाएको छ । पर्यटन उद्योगले देशभर नै आफ्नो नाम कमाउन सफल भएको कम्पनीले जनाएको छ । बश्यालले स्थापना दिवसको अवसर पारेर एक महिनासम्म २० प्रतिशत खानामा छुटका साथै सहुलियत दरमा आवासको ब्यवस्था गरिएको बताए ।

एजुकेटिभ सेफ केशव अर्यालले मिठो खानाका परिकारका कारण छुट्टै पहिचान बनाउन सफल भएको बताए । बुटवलस्थित सिद्धार्थ कटेजमा १६ वटा रुम, ५ सय प्लसको देवदह हल, ३ सय प्लसका लुम्बिनी र रारा गरी दुई हल, ५ वटा प्राइभेट डाइनिङ रुम, ३ वटा कटेज र १ रेष्टुरेन्ट र बार रहेको छ ।

वार्षिकोत्सवलाई पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेल, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका रुपन्देही जिल्ला सभापति कबिन्द्र नेपालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेलले ससाना लगानीबाट आर्थिक समृद्धि हुन्छ भन्ने उदाहरण सिद्धार्थ ग्रुपले दिन सफल भएको बताए । विदेशमा सिकेको सीपलाई स्वदेशमा फर्किएर सेवा उद्योगबाट राम्रो नाम र दाम कमाउन सफल भएको र अन्तर्राष्ट्रिय पहिचानमा जान सफल भएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर