मिटरब्याजीको आरोप लागेका श्याम परदेशीले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ – Nepal Press

मिटरब्याजीको आरोप लागेका श्याम परदेशीले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

काठमाडौं । मिटरब्याजीको आरोप लागेका श्याम परदेशी भन्ने श्यामप्रसाद साहले सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतले सोमबार साह र उनकी श्रीमतीलाई आरोपबाट सफाइ दिएको हो । २०७९ साउन २० गते श्याम परदेशीविरुद्ध मुद्दा दायर भएको थियो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दाको फैसला गर्दै निर्णय सुनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *