६० देशसँगको पाक कला प्रतिस्पर्धामा कमल भए दोस्रो – Nepal Press

६० देशसँगको पाक कला प्रतिस्पर्धामा कमल भए दोस्रो

काठमाडौं । ६० देशले प्रतिस्पर्धा गरेको पाक कलामा एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप कलेजका विद्यार्थी कमल थापाले दोश्रो स्थान प्राप्त गर्दै रजत पदक प्राप्त गरेका छन् ।

उनले राजदुत पुरस्कार र उत्तम शाकाहारी पुरस्कार पनि प्राप्त गरेका छन् ।

प्रतिस्पर्धा माघ १५ गतेदेखि २१ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) इन्डिया द्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड २०२४’ भारतमा सम्पन्न भएको थियो ।

प्रतिस्पर्धी राष्ट्रहरुलाई ६ वटा समूहमा विभाजित गरिएको थियो । उक्त प्रतिस्पर्धाले संयुक्त राष्ट्र संघको ‘दिगो विकास लक्ष्य’ लाई प्रचार र प्रवर्धन गर्ने उदेश्य लिएको थियो ।

चर्चित पाक प्रतियोगितामा कमल थापाले फ्रान्स, इङ्ल्यान्ड, सिङ्गापुर, अमेरिका, स्पेन, अष्ट्रेलिया, साउदी अरब, मलेसिया, इरान, टर्की लगायत विभिन्न देशका ६० राष्ट्रिय प्रतिनिधिलाई पछि पारेका छन् ।

उक्त प्रतियोगिताको सफलताले नेपाल लाई विश्व सामु चिनाउन मद्दत पुगेको र कलेजले प्रदान गरेको आवसरले हौशाला प्रदान गरेको प्रतियोगी कमल थापाले बताए । कलेजका प्रशिक्षक सुर्य महतले प्रतियोगिता भरी मेन्टरको भूमिका निर्वाह गरेका थिए ।

एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस् नामक कोर्सका साथ सञ्चालनमा आएको हो । उक्त कोर्सबाट अहिलेसम्म १ हवाभन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र करियर अगाडि बढाउन सहयोग पुग्दै आएको छ ।

कलेजले १ वर्षिय डिप्लोमा इन कलिनरी आर्ट्स, ४ वर्षिय बिएचएम्, बिबिए, र २ वर्षिय एमवीएका कार्यक्रम मार्फत नेतृत्व र उद्यमशीलता केन्द्रीत पठन–पठन गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर