क्यानडाविरुद्ध नेपालका दुई खेलाडीको डेब्यू
नेपाल प्रेस
२०८० माघ २५ गते ९:२७
काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका दुई खेलाडीले डेब्यू गरेका छन् ।
बायाँ हाते स्पीनर सूर्य तामाङ र बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले क्यानडाविरुद्ध डेब्यू गरेका हुन् । उनीहरूले गत प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेपछि टिममा परेका थिए ।
टियु क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
रिजन र सूर्य घरेलु क्रिकेट बागमती प्रदेशबाट खेल्दै आएका छन् । सूर्य प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडीसमेत चुनिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर