९ ओभरमा ४८ रन जोडेको नेपालले पहिलो विकेट गुमायो
नेपाल प्रेस
२०८० माघ २५ गते १०:१०
काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
९ ओभरको खेल सकिँदा ४८ रन जोडेको नेपालका ओपनर आसिफ सेख ८ रनमा आउट भए । उनले अर्का ओपनर कुशल भुर्तेललाई राम्रो साथ दिइरहेका थिए ।
भुर्तेलले ३१ बलमा ३६ रन बनाएर खेलिरहेका छन् । तेस्रो नम्बरमा कप्तान रोहित पौडेल आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर