६ महिनामा मात्रै वैदेशिक रोजगारसँग सम्बन्धित साढे तीन हजार उजुरी – Nepal Press

६ महिनामा मात्रै वैदेशिक रोजगारसँग सम्बन्धित साढे तीन हजार उजुरी

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीसँग सम्बन्धित करिव साढे तीन हजारको उजुरी परेको छ । वैदेशिक रोजगार विभागले भर्खरै मात्रै सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा गरेर ठगी, उद्धार तथा राहतका लागि तीन हजार ४९५ उजुरी परेका हुन् । ति उजुरीकर्ताले नै १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ क्षर्तिपूर्तिको माग दाबी गरिएको छ ।

उजुरीमध्ये एक हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको र जसबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी माग भएको विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

विभागका अनुसार विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि भन्दै ६९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारका लागि उजुरी दिएकामध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् । उद्धारका लागि आएका उजुरीमध्ये ७९ उजुरीमा आपसी सहमति गराइएको छ भने ६५ उजुरी फिर्ता भउका छन् । साथै एउटा उजुरी तामेलीमा राखिएको विभागले जनाएको छ ।

उद्धारको लागि आएका ६९० उजुरीमध्ये ३६२ फर्छ्यौट भएका छन् भने जसबाट एक करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ ।

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेकोमा १९१ मिलापत्र गराइएको छ भने ८४ वटा उजुरी अदालतमा दायर भएका छन् । ठगी सम्बन्धी अन्तरगत नै ११ करोड दुई लाख ८९ हजार ६०० रुपैयाँ क्षतिपूीर्त रकम माग दाबी गरिएको छ ।

प्रहरी शाखामा एक हजार ६७५ परेकोमा ६५ वटा मिलापत्र र ८५८ उजुरी पछर्यौट गरेर जम्मा ९२६ वटा उजुरी पछर्यौट भएका छन् । अब ७५२ उजुरी पछर्यौट हुन बाँकी रहदाँ एक करोड ४२ लाख नौ हजार ४०० रुपैयाँ असुल गराइएको छ ।

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा तीन लाख ४३ हजार ४११ जना युवा विदेशिएका छन् । जसमा तीन लाख तीन हजार ८३९ महिला रहेका छन् भने ३९ हजार ५७२ मात्रै महिला रहेका छन् । विभागका अनुसार सबैभन्दा बढी संस्थागत रुपमा श्रम स्वीकृति लिएर एक लाख ५८ हजार ९८६, पुन श्रम स्वीकृति लिएर एक लाख ३५ हजार ४३५, व्यक्तिगत श्रम स्वीकृति लिएर ४२ हजार १९० र जीटुजी अर्था इपीएस कोरियन भाषा परीक्षा उर्तिण गरेर ६ हजार ८०० जना बाहिरिएका छन् ।

यस्ताे छ कार्यविधि:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *