इटहरी उपमहानगरमा नयाँ शैक्षिक सत्रदेखि एउटै विद्यालय पोशाक, टाइको सट्टा कालो भादगाउँले टोपी – Nepal Press

इटहरी उपमहानगरमा नयाँ शैक्षिक सत्रदेखि एउटै विद्यालय पोशाक, टाइको सट्टा कालो भादगाउँले टोपी

विराटनगर । इटहरी उपमहानगरपालिकाले नगरभित्रका विद्यालयमा एउटै पोशाकको व्यवस्था गर्ने भएको छ ।

निजी र सामुदायिक विद्यालयका विद्यार्थीबीचको विभेद हटाउन भन्दै इटहरी उपमहानगरले नयाँ शैक्षिक सत्रदेखि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो ।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५२६ विद्यार्थी अध्ययनरत छन् ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले विद्यालयमा टाइ हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरिएको बताए ।

उनले भने, ‘निजी स्कुलहरूले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन् । त्यो रोक्ने हाम्रो अभियान पनि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *