जसपाका तीन पालिका समिति पुनर्गठन
नेपाल प्रेस
२०८० माघ २६ गते ११:४७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा उपमहानगरपालिकादेखि गाउँपालिका समितिसम्म रहेका छन् ।
जसपाले छविलाल वाइबाको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिका समिति पुनर्गठन गरेको छ । वाइबा नेतृत्वको समिति २५ सदस्यीय रहेको छ ।
इलामको माई नगरसमिति रामबहादुर राईको अध्यक्षतामा पुनर्गठन भएको छ । राईको अध्यक्षतामा पुनर्गठन गरिएको समिति ३१ सदस्यीय रहेको छ ।
त्यसै गरी जसपाको धनपालथान गाउँपालिका समिति पनि पुनर्गठन भएको छ । प्रमोदकुमार शर्माको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति बिहीबार पुनर्गठन गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर