हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्‍यो बोनस – Nepal Press

हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्‍यो बोनस

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ ।

हिमालयन रिइन्सुरेन्सले सेयर धनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीका अनुसार २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ ।

त्यस्तै, लाभांश बीमा प्राधिकरण र आगामी साधारण सभाबाट पास भएपछि लगानी कर्ताले पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर