७४ प्रतिशत व्यवसाय पुरुषको पकडमा, मधेशमा महिला व्यवसायी १० प्रतिशत मात्र – Nepal Press

७४ प्रतिशत व्यवसाय पुरुषको पकडमा, मधेशमा महिला व्यवसायी १० प्रतिशत मात्र

काठमाडौं । नेपालमा भइरहेका व्यापारमध्ये २६ प्रतिशत व्यापार मात्र महिलाको स्वामित्वमा रहेको एउटा सर्वेक्षणले देखाएको छ । ७४ प्रतिशत व्यापार अझै पनि पुरुषहरूले मात्र चलाउने गरेको राष्ट्रिय तथ्यांक कार्यालयले गरेको व्यापार सर्वेक्षणले देखाएको हो ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३५ प्रतिशत व्यापार महिलाद्वारा सञ्चालित छ । व्यापारमा सबैभन्दा कम स्वामित्व भने मधेस प्रदेशका महिलाहरूको रहेको छ । मधेश प्रदेशमा ९० प्रतिशत व्यापार पुरुषहरूकै स्वामित्वमा छ भने १० प्रतिशत मात्र महिलाहरूको स्वामित्वमा छ । खुद्रा र थोक व्यापारमा ११ लाख ३० हजार ६ सय ४५ जना आबद्ध छन् ।

उनीहरूमध्ये ७ लाख २६ हजार ६ सय ८१ जना पुरुष र ४ लाख ३ हजार ९ सय ६४ जना महिला छन् । मुलुकमा वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरूमध्ये महिलाहरूको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणका अनुसार करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको छन् भने करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरू अवैध ढंगले सञ्चालन भइरहेका छन् ।

२०६५ सालयता गरिएको सो सर्वेक्षण अनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरूको स्वामित्व सबैभन्दा कम ८ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर