तीन दशकपछि चीनसँग भिड्दै नेपाल, सम्मानजनक खेलको आश – Nepal Press

तीन दशकपछि चीनसँग भिड्दै नेपाल, सम्मानजनक खेलको आश

हेटौँडा । विश्वकप फुटबल खेलिसकेको चीन २९ वर्षपछि नेपालसँग फुटबल खेल्न फर्किएको छ । आज दशरथ रंगशालामा हुने खेलमा आज चीनको यू–२३ टोलीले नेपालको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

२९ वर्ष अघि काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । तर अहिलेको अवस्था नेपाल र चिनको बिल्कुलै फरक छ । २९ वर्ष अघि नेपाल र चिन फुटबलमा अहिलेको जस्तो अन्तर थिएर । तर अवस्था अहिले फरक छ । चीन विश्व फुटबलमा आफ्नो दर्विलो उपस्थिति जनाउँदै गएको छ तर नेपालको अवस्था अझै विग्रतो अबस्थामा रहेको छ ।

चीनसँग खेल्ने प्रतियोगितामा यो पटक नेपालले ५ जना सिनियर टोलीबाट खेलिरहेका खेलाडीसहित बलियो टिम निर्माण गरेको छ । चीनसँग हालसम्म खेलेको सबै खेल हारेको नेपालको लागि आजको खेल थप महत्वपूर्ण रहने विश्वास गरिएको छ । नेपालले आज कप्तानको रूपमा मनिष डाँगी लाई नेतृत्वको अवसर दिँदा राष्ट्रिय टोलीबाटै नियमित खेलीरहेका आयुष घलान, लकेन लिम्बू, उत्सव राई र सञ्जीव विष्ट लाई पनि टोलीमा उतारेको छ । यसबाट पनि प्रष्ट के हुन्छ भने नेपाल आज चीनसँग इतिहास बनाउन चाहान्छ ।

नेपालले आधिकारिक रुपमा सन् १९८२ बाट नेपालसँग फुटबल खेल्न थालेको तथ्यहरु भेटिन्छन् । ९८२ मा भएको किङ्ग्स कपमा नेपाललाई चिनले ४–० ले हराएको थियो । त्यसयता १९८६ मा काइदे आजम अन्तर्राष्ट्रिय कपमा नेपाल ५–० ले पराजित भएको थियो ।

१९८८ को ओलिम्पिक छनोटको दोस्रो चरणमा होम एण्ड अवेको अबधारणामा भएको खेलमा चीनले नेपाललाई ८–० र १२–० लज्जासपद हिसाबले पराजित गर्दिएको थियो ।

त्यसपछि सन् १९९२ को ओलम्पिक छनोटमा पनि चीनले नेपालविरुद्ध १०–० र ४–० ले पराजित गरेको थियो । नेपाली राष्ट्रिय टोलीका इटलियन प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले यो पटकको खेलमा नेपालले इतिहाँसलाई भुलाउने र नयाँ इतिहाँस लेख्ने विश्वास ब्यक्त गरेका छन् । एसियाली फुटबलमा ठुलो लगानी गरेको चीनको लागि नेपाल कठिन प्रतिस्पर्धी हैन तर नेपालले पनि चीनसँग उत्तिकै प्रोफेस्नल खेल खेल्नेमा उनी विश्वासमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *