बन्ने भयो ३० वर्षदेखि अलपत्र खलंगा चप्परगौरी सडक, करिब ५० करोडको टेन्डर आह्वान – Nepal Press

बन्ने भयो ३० वर्षदेखि अलपत्र खलंगा चप्परगौरी सडक, करिब ५० करोडको टेन्डर आह्वान

काठमाडौं । मध्यपहाडी जिल्लालाई तराई र भारतीय सीमासम्म जोड्ने खलंगा, कालीमाटी–चम्परगौरी सडकले यो वर्षदेखि तीव्रता पाउने भएको छ ।

सल्यान सदरमुकाम खलंगाबाट बाँकेको कोहलपुर हुँदै भारतीय सीमा जमुनाहसम्म जोड्न तीन दशक अघिदेखि निर्माण कार्य थालिएको थियो ।

‘तीन दशकसम्म पनि आधा सडक निर्माण हुन सकेको छैन, अब सडक बन्ने आशा जागेको छ’ कालीमाटी सल्यानका नेता टेकबहादुर ओलीले भने ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारसँग पनि समन्वय गरेर करिब ५० करोडको टेन्डर आह्वान भएको बताए । सल्यान झिगाने बालुवातर्फ ४० करोडको टेन्डर आह्वान भएको छ भने बाँकेको चप्परगौरीबाट करिब १० करोड बरावरको टेन्डर आह्वान गरिएको मन्त्री ज्वालाले बताए ।

‘यो सडक सल्यान, रुकुमजस्ता पहाडी जिल्लाका लागि लाइफलाइन हो तर रकम अभाव र निकुञ्जका कारण निकै निकै समस्या थियो, अहिले त्यो समस्या हल भएको छ’ मन्त्री ज्वालाले भने । बाँकेको कोहलपुरमा जनप्रतिनिधि र स्थानीयबासीहरुलाई अब यो सडक बन्नेमा कुनै शंका नगर्न मन्त्री ज्वालाले आग्रह गरेका छन् । साथै सडकको अनुगमन पनि गरिएको छ ।

बाँकेको चप्परगौरीतर्फबाट निर्माण कार्य शुरु भइसकेको छ भने सल्यानतर्फबाट भर्खरै टेन्डर आह्वान गरिएको छ । करिब १ सय किलोमिटर सडक बन्न निकै समय लागे पनि अब भने बन्ने निश्चित भएको छ । मध्यपहाडी जिल्लाका लागि यो सडक व्यापारिक करिडोरका रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर