गाडी दुर्घटनाको भोलिपल्ट एमाले केन्द्रीय कार्यालयले भन्यो- महासचिव पोखरेल सकुशल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवारी दुर्घटनामा परेका छन् । शनिबार महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटना भएकाे हाे ।
उनलाई सामान्य चोट लागेको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।
उनले भने,‘अहिले ट्रमा सेन्टरमा गएर जाँच गर्दा उहाँलाई सामान्य चोटपटक मात्र देखिएको छ । उहाँ सकुशल हुनुहुन्छ ।’
उपमहासचिव विष्णु रिमालका अनुसार गाडी शनिवार दुर्घटना भएको थियो । त्यसक्रममा कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्को हात फ्याक्चर भएको छ ।
गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल दैलेख बजारमा जिल्ला अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्किएको दैलेखबाट एमाले केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।