बाघको आक्रमणबाट एउटै गाउँमा १९ वटा बाख्रा मरे
नेपाल प्रेस
२०८० माघ २८ गते १७:२८
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा बाख्रा र खसी मरेका छ्न् ।
बकैया गाउँपालिका-६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय कृषकका १९ वटा बाख्रा र खसी मरेको वडाध्यक्ष फूलमान भोम्जनले बताए । जसबाट लाखौं रूपैयाँ बराबरको नोक्सान क्षति भएको छ ।
बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको भोम्जनको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर