मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा
काठमाडौं । नेपालका लागि मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिज नेपाली बजारमा ल्याएको छ ।
सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको ५०८ लिटरको चेस्ट फ्रिजरमा नेपाली बजारमा ल्याएको हो ।
चेस्ट फ्रिजरमा २४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार माइडियाको चेस्ट फ्रिजरको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहने कम्पनीको दाबी छ । साथै उपभोक्ता र व्यवसायीहरूका विभिन्न आवश्यकता पूरा गर्न अत्याधुनिक सुविधाहरू रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्ने कम्पनीको भनाइ छ ।
५०८ लिटर क्षमताले आवश्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र भित्र रहेको एलईडी लाइटले उपभोक्तालाइ कम उज्यालो अवस्थामा पनि सहज बनाउने जनाइएको छ । पर्फमेन्समात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यन्त राम्रो रहेको छ । अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राखी परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ ।
चेस्ट फ्रिजरको खरिदमा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ । माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।