यातायातका महानिर्देशकमाथि मोसो दलेर दुर्व्यवहार
नेपाल प्रेस
२०८० माघ २९ गते ११:४५
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले रिजालमाथि सोमबार बिहान मीनभवनमा कालोमोसो दलेको हो ।
सवारी लाइसेन्स घोटाला गरेकाले रिजालमाथि कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर