अदालतको फैसला कुल्चिँदै कर्णालीमा कुन-कुन स्थानीय तहले दिए फागुन १ मा बिदा ? – Nepal Press

अदालतको फैसला कुल्चिँदै कर्णालीमा कुन-कुन स्थानीय तहले दिए फागुन १ मा बिदा ?

सुर्खेत । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कर्णाली प्रदेशका केही स्थानीय तहले भने स्थानीय बिदा दिएका छन् ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला र सल्यानका केही स्थानीय तहले विज्ञप्ति जारी गर्दै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् ।

उनीहरुले उक्त दिन सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ फागुन १ गतेको स्मरण गर्दै सावजनिक बिदा दिएका हुन् ।

सार्वजनिक बिदा दिने स्थानीय तहमध्ये कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका रहेका छन् । यी स्थानीय तहका जनप्रतिनिधि नेकपा माओवादीबाट विजय भएका हुन् ।

यस्तै, हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट गाउँपालिका रहेका छन् भने सल्यानको कुमाख गाउँपालिका रहेका छन् ।

यसअघि सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गर्ने आदेश गरेको थियो । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । सर्वोच्च अदालतले उक्त बिदा नदिने फैसला गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर