‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका सार्वजनिकमा ढिलाई – Nepal Press

‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका सार्वजनिकमा ढिलाई

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका एचआरडी कोरियाले गर्दा ढिलो सर्वजनिक हुने भएको छ ।

‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका एचआरडी कोरियाले गर्दा ढिलो हुुँदै गएको ईपीएस कोरिया शाखाले जनाएको हो ।

नेपालको ईपीएस कोरिया शाखाले आवेदन दिएका सबैको तथ्यांक एचआरडी कोरियालाई पठाइसकेको र एचआरडीले कोेरियाले सबै विवरण भेरीफाई गरेर पठाएपछि परीक्षाको कार्यतालिका सर्वजनिक हुने ईपीएस कोरिया शाखाले बताएको छ ।

शाखाका अनुसार एचआरडी कोरियाले सबै परीक्षार्थीको विवरण पठाएपछि मात्रै कार्यतालिका प्रकाशित हुनेछ ।

यसअघि जनवरी २० मा नै सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो । तर, वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले हालसम्मकै उच्च आवेदन परेकोले सबैको विवरण भेरीफई गर्न समय लाग्ने भएकाले समय सारिएको बताएका थिए । र ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको थियो ।

तर, अहिले एक हप्ता बितिसक्दा पनि परीक्षा कार्य तालिका सूचना प्रकाशित भएको छैन ।

कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् । कोरिया भाषाको परीक्षामा हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो ।

जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो । तर, उक्त मितिलाई सार्दै फेब्रुअरी ६ मा सूचना जारी हुने वैदेशिक रोजगार विभागले जनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर