चालू आर्थिक वर्षको ६ महिनामा सञ्चार तथा सूचना प्रविधिमा भए यी कामहरू – Nepal Press

चालू आर्थिक वर्षको ६ महिनामा सञ्चार तथा सूचना प्रविधिमा भए यी कामहरू

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा सरकारले सञ्चार तथा सूचना प्रविधिमा भएका काम र उपलब्धीहरु सार्वजनिक गरिएको छ ।

सोमबार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मुल्याङ्कन प्रतिवेदनमार्फत सरकारले सञ्चार तथा सूचना प्रविधिमा गरेका काम र उपलब्धिहरू सार्वजनिक गरेको हो ।

सरकारले अप्टिकल फाइबरमा आधारित ‘घरघरमा फाइबर’ सेवालाई सरकारले ७४ जिल्लाहरूमा पुर्याइसकेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनले देखाएको छ ।

त्यस्तै, नागरिक एपमा थप ५ वटा सेवालाई आबद्ध गराई जम्मा ६२ वटा सरकारी सेवामा सवारी चालक अनुमति पत्रलाई नागरिक एपमार्फत कार्यान्वयनमा ल्याइएको छ।

कागजरहित सरकारको प्रवर्द्धन गर्न मन्त्रालय र अन्तर्गतका सबै विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ‘जीआईओएमएस’ कार्यान्वयनमा ल्याइएको छ ।

सरकारी कार्यालयको वेबसाइटमा एकरूपता कायम गर्न ‘कमन ट्यामप्लेट’ को अवधारणा बमोजिम हालसम्ममा ८० वटा निकाय ‘जीआईओएमएस’ मा आबद्ध भई भएको र ४७ वटा कार्यालयमा एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले गत असारमा हुलाक बचत बैंकमा रहेका बचत खातालाई वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णयअनुसार ६४ वटा हुलाक बचत बैंकमा रहेको कर्जा र निक्षेप राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार गोरखापत्र संस्थान र रेडियो नेपालका पुराना २१४५ वटा प्रकाशन÷प्रसारणहरूको डिजिटाइजेसन कार्य भइरहेको छ । भने, रेडियो नेपालको प्रसारण पहुँच विस्तार अन्तर्गत ३० वटा एफएम रिले स्टेशन स्थापना भई ९२ प्रतिशत जनसङ्ख्यामा प्रसारण पहुँच पुगेको छ ।

मोबाइल सेवा, एफटीटीएच र आवश्यकता अनुसार ‘वायरलेस वोर्डब्याड’ सहित नमूना दूरसञ्चार सेवा पुर्याउने कार्यक्रम अन्तर्गत सबै प्रदेश राजधानी सहित पहिलो चरणमा कार्यक्रम सञ्चालन गर्न १९ वटा जिल्ला छनौट गरी कार्यक्रम कार्यान्वयनको क्रममा रहेको ।

विज्ञापन ‘नियमन गर्ने’ (पहिलो संशोधन) नियमावली, २०८० अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन (पहिलो संशोधन) नियमावली, २०८० सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० कार्यान्वयनमा ल्याइएको ।

त्यसै गरी, हालसम्म २८१ वटा विभिन्न सरकारी निकायहरूको ४१९ वटा प्रणालीहरूको ‘सेक्युरेटी अडीट’ सम्पन्न गरी प्रणालीको सुरक्षाको लागि सुझाव दिइएको छ । एक स्थानीय तह एक हुलाकको अवधारणा अनुरूप हुलाक सेवाको पुनर्संरचनाको लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य अगाडि बढेको मन्त्रालयले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर