यस्तो छ नेपाल टेलिकमको पछिल्लो वित्तीय अवस्था – Nepal Press

यस्तो छ नेपाल टेलिकमको पछिल्लो वित्तीय अवस्था

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक(२०८० पुस मसान्त) सम्म नेपाल टेलिकमको आय र मुनाफा दुवै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ देस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार टेलिकमको कूल आय र मुनाफा दुवै घटेको हो ।

देस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार टेलिकमको कूल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कूल आय २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा ३.५८ प्रतिशतले कम हो ।

त्यस्तै, चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक मसान्त टेलिकमको खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद मुनाफा ४ अर्ब २५ करोड ४७ लाख ७६ हजार रुपैयाँ थियो । जुन गत वर्षको तुलनामा ३२ करोड ३३ लाख ७३ हजार अर्थात ७.६० प्रतिशतले कम हो ।

त्यसैगरी, चालू आर्थिक वर्षको पुस मसान्तसम्मको कूल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रहेको । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कूल सञ्चालन आय १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ रहेको छ ।

कम्पनीले ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा कमी भएको उल्लेख गरेको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड ७ लाखले कमी भएको टेलिकमले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर