पाल्पाको तिनाउमा शोक बिदा
नेपाल प्रेस
२०८० फागुन २ गते १०:१२
रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिकाले बुधबार पालिकामा शोक बिदा दिएको छ । मंगलबार साँझ सो गाउँपालिकाको वडा नं छ चिदिसामा जीप दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको भन्दै बुधबार बिहानै बसेको कार्यपालिका बैठकले शोक बिदा दिने निर्णय गरेको बताए । उनले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर