दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई राष्ट्र बैंकको कारबाही – Nepal Press

दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र ३ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अध्यक्षलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक र नारायाणी डेभपमेन्ट बैंक छन् ।

मुक्तिनाथ डेभलपमेन्ट बैंकले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका अध्यक्ष र सिईओलाई सचेत गराएको छ ।

यस्तै स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको भन्दै सचेत गराएको छ । साथै उक्त सञ्चालकलाई तत्काल हटाउन पनि निर्देशन दिएको छ ।

यस्तै, यही बैंकले आधारदरलाई आफ्नो तजविजमा महिनामै पटक पटक परिवर्तन गरेको भन्दै सिईओलाई पनि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । नारायाणी डेभलपमेन्ट बैंकलाई पनि अनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना केन्द्रीय बैंकले गरेको छ । यस्तै, सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना गरेको छ ।

यता प्रोग्रेसिभ फाइनान्स कम्पनी र गुडविल फाइनान्स कम्पनीले पनि महर्जन विजनेश एशोसियट प्रालिलाइ धितो जोखिम हुने गरी कर्जा प्रवाह गरेको भन्दै सो फाइनान्सका सञ्चालक समिति र सिईओलाई नसिहत दिइएको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका सिईओलाई तोकिएको सिमा भन्दा बढी शेयर लगानी बिक्रि गरी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर