झिनो अंकले बढ्यो सेयर बजार, सवा ४ अर्बको कारोबार
काठमाडौं । साताको चौथो कारोबारका दिन सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।
बुधवार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै ३०.५६ अंकले घटेको बजारमा ४ अर्ब ६५ करोड बढीको कारोबार भएको थियो ।
आजको कारोबारमा नेपाल फाइनान्स, बोटल्स नेपाल बालाजु र पाँचथर पावर कमप्यान्ट लिमिटेड सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् ।
त्यसै गरी कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १७ करोड १७ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
बुधवार बजार पुँजीकराण ३२ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ ।