अन्तर्राष्ट्रिय पद्धति प्रयोग गरेर ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न थाल्यौँ : दराज एक्सप्रेस प्रमुख विष्ट – Nepal Press

अन्तर्राष्ट्रिय पद्धति प्रयोग गरेर ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न थाल्यौँ : दराज एक्सप्रेस प्रमुख विष्ट

दराजमा च्याट विथ सेलरको सुविधा भएकाले ग्राहकले रोजेको सामानहरूको बारे प्रत्यक्ष जिज्ञासा राख्न सक्छन् 

काठमाडौं । नेपालको अग्रणी इ–कमर्स ब्रान्ड, दराजले नेपालमा अनलाइन सपिङमा पछिल्लो समय फड्को मारिरहेको छ । सन २०१५ बाट नेपालमा अनलाइन सपिङ सेवा प्रदान गर्दै आएको दराजले करिब १८ हजार विक्रेताहरूको लाखौँ सामानहरू आफ्नो प्लेटफर्मबाट बिक्री गर्दै आएको छ ।

डेलिभरीमा उत्कृष्ट सेवा दिँदै आएको दराज एक्सप्रेस विभागका प्रमुख सन्तोष विष्टसँग दराजले वितरण सेवामा के-कस्ता समस्याहरूको सामना गर्नुपर्याे, त्यसको समाधान कम्पनीले कसरी गर्दै आएको छ र भविष्यका लागि कम्पनीको योजना के छ भनेर कुराकानी गरेका छौ । विष्टसँग गरिएको कुराकारीको अंश :

दराज एक्सप्रेस भनेको के हो ?

दराजले अर्डरको डेलिभरीको लागि डिइएक्स र थर्डपार्टी लजिष्टक प्रयोग गर्दछ । डिइएक्स जसलाई दराज एक्सप्रेस पनि भनिन्छ, । यो दराजको आन्तरिक लजिस्टिक विभाग हो जुन ग्राहकहरूलाई उच्चतम सुविधा प्रदान गर्नमा केन्द्रित छ ।

प्रारम्भिक दिनमा डिइएक्सको उपस्थिति अत्यन्तै न्यून थियो । तर ५ वर्ष यता बिक्रि वितरण, साझेदारी र समग्र कार्य सम्पादनमा यसले फड्को मारेको छ ।

डिइएक्स हाल काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, जनकपुर, वीरगञ्ज, विराटनगर, बुटवल, भरतपुर, बिर्तामोड र धनगढीमा केन्द्रित छ भने यस बाहेक अन्य क्षेत्रहरूको लागि थर्डपाटी लजिष्टिकमा निर्भर छ ।

दराज एक्सप्रेस अरू लजिस्टिक भन्दा कसरी फरक छ ?

दराजएक्सप्रेस, दराज अनलाइन सपिङ सेवाको एउटा महत्त्वपूर्ण विभाग हो जुन कम्पनीको फाइदा भन्दा ग्राहकहरूलाई द्रुत डेलिभरी सेवा प्रदान गर्ने कुरामा केन्द्रित छ । पहिला डिइएक्स निकै सानो विभाग थियो जहाँ सीमित कर्मचारी र श्रोत साधनहरूमा कार्य सम्पादन गर्नुपर्ने हुन्थ्यो ।

समयसँगै हामीले अलिबाबाको अन्तर्राष्ट्रिय पद्धति प्रयोग गरेर ग्राहकहरूलाई एकदम द्रुत सेवा प्रदान गर्न थाल्यौँ । यस बाहेक, हाम्रो सिकाइको आधारमा हामीसँग भएका स्रोत साधनहरू प्रयोग गर्दै थोरै लागत र समयमा सुविधा प्रदान गर्ने कुरामा प्रयासरत छौँ ।

दराज एक्सप्रेसको सेवा कसरी सञ्चालन हुन्छ ?

नेपालको प्रमुख सहरहरूमा हामीले डिइएक्स नै परिचालन गरेका छौँ र दराजको कुल डेलिभरीको ७० प्रतिशत योगदान डिइएक्सको देखिन्छ ।

दराज एक्सप्रेसको केन्द्रमा क्रस बोर्डर (अन्य देशका बिक्रेताहरूको समान), फूल्फिल्मेन्ट (वेरहाउसमा भएको समानहरू), र मार्केटप्लेस (नेपाली बिक्रेताहरूको सामान) गरि तीनप्रमुख स्रोतहरूबाट प्याकेज प्राप्त हुने गर्छ । जब यी स्रोतबाट सोर्टिङ केन्द्रमा प्याकेज प्राप्त हुन्छ, त्यसपछि प्याकेजहरूको डेलिभरी यात्रा सुरु हुन्छ ।

बिक्रेताहरूले आफ्ना प्याकेज काठमाडौं भरिका ९ वटा मध्ये कुनै पनि ड्रपअफ स्थानमा छोड्न सक्छन् । त्यहाँबाट हामी प्याकेजलाई डेलिभरी प्रक्रियाको लागि सोर्टिङ सेन्टरमा ल्याउँछौँ भने भारी तथा गह्रौँ अर्डरहरू विक्रेताबाट डिइएक्स को पिकअप हिरोहरू गएर सङ्कलन गर्दछन्।

सोर्टिङ सेन्टरमा हुनसक्ने मानव त्रुटिहरूबाट बच्न र शिपिङ्ग लेबलको आधारमा दक्षता बढाउन विभिन्न प्रणालीहरू मार्फत प्याकेज क्रमबद्ध गर्छौँ । डिइएक्सको मुख्य उद्देश्य र प्राथमिकता प्याकेज सकेसम्म सुरक्षित र चाँडो डेलिभर गर्नु हो जसका लागि हामी डेलिभरी हिरोहरूको मार्गहरूमा आधारित डेलिभरीको लागि सामानहरू पठाउँछौँ ।

ग्राहकले दराजबाट सपिङ गर्दा के फाइदा पाउँछन् ?

दराज एउटा मार्केटप्लेस हो जहाँ विविध सामानहरू उपलब्ध छ । म ग्राहकहरूलाई कुनै पनि सामान खरिद गर्नु अगाडि उक्त सामानको मूल्य दराज मै भएका विभिन्न बिक्रेताहरूसँग तुलना गर्न र पहिला खरिद गर्नु भएको ग्राहकहरूको रिभ्युहरु हेर्न सुझाव दिन्छु ।

दराजमा च्याट विथ सेलरको पनि सुविधा छ जसमार्फत ग्राहकले आफूले रोजेको सामानहरूको बारे प्रत्यक्ष जिज्ञासा राख्न सक्नुहुन्छ । यसबाहेक, म ग्राहकहरूलाई सुपथ खरिदको लागि डेलिभरी समय र त्यसमा लाग्ने खर्चको बारेमा बुझ्न पनि सुझाव दिन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर