गगनको प्रतिवेदन- प्रचण्ड सरकारबाट कांग्रेसका सदस्यले आफ्नोपन पाउन सकेका छैनन्
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नीति, प्राथमिकता र कार्यक्रम अनुसार काम गर्न नसकेको औल्याएका छन् ।
महासमिति बैठकमा पेश गर्नको लागि तयार पारेको सांगठानिक प्रतिवेदनमा सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ? भनेका छन् ।
उनले भनेका छन्, ‘यतिबेला संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भए तापनि पार्टी सरकारमा भएको महशुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न सकिरहेको देखिदैन । सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न सकेको छैन । यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ– हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ।’