गल्फ जायन्टस बाहिरियो, दीपेन्द्रले नेदरल्यान्डविरुद्ध खेल्ने उच्च सम्भावना – Nepal Press

गल्फ जायन्टस बाहिरियो, दीपेन्द्रले नेदरल्यान्डविरुद्ध खेल्ने उच्च सम्भावना

काठमाडौं । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्टस युएईमा जारी आइएल टी-२० प्रतियोगिताबाट बाहिरिएको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा दुवई क्यापिटलसँग ९ विकेटले पराजित हुँदै गल्फ जायन्टस प्रतियोगिताबाट बाहिरिएको हो ।

गल्फ जायन्टसले दिएको १३९ रनको लक्ष्य पछ्याएको दुवई क्यापिटलले १५ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । यसअघि पहिलो क्वालिफायर खेलमा एमआई एमिरेट्ससंग ४५ रनले पराजित भएको थियो ।

गल्फ जायन्टस बाहिरिएसँग दीपेन्द्र स्वदेश फर्किनेछन् । उनी ३ वटै खेलमा बेन्चमा बस्दै स्वदेश फर्किन लागेका हुन् । उनी गल्फ जायन्टसबाट एक खेल पनि खेल्न पाएनन् ।

आइएल टी-२० खेल्न गएका कारण आईसीसी लिग-२ अन्तर्गत पहिलो सिरिजको पहिलो खेल गुमाएका दीपेन्द्रले दोस्रो खेल भने खेल्ने उच्च सम्भावना छ ।

नेपालले सिरिजको दोस्रो खेल शनिवार नेदरल्यान्डसँग खेल्नेछ । युएईमा रहेको दीपेन्द्र सम्भवतः शुक्रवार स्वदेश फर्किनेछन् । गत शुक्रवार आइएल टी-२० खेल्न युएई पुगेका दीपेन्द्र गल्फ जायन्टसका ३ वटै खेलमा बेन्चमा बस्दै स्वदेश फर्किन लागेका हुन् । आइएल टी-२० कै कारण दीपेन्द्रले क्यानडाविरुद्धको सिरिज पनि गुमाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर