हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
काठमाडौं । नेपालको फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले नेपालमा आधिकारिकरूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ ।
नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिचले ललितपुरमा आधिकारिक नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको हो ।
३ हजार स्क्वायर फिट भन्दा बढीमा फैलिएको एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्ने जनाइएको छ । एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने जनाइएको छ ।
हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले भने, ‘हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं । नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो ।’
हेटिच १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो । १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको फर्निचर फिटिङ्सको विश्वको ठूलो निर्माता पनि हो । अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्दै लगभग ८० देशहरूमा अवस्थित कम्पनीमा ८ हजार भन्दा बढी कामदारहरू आवद्ध छन् ।