कांग्रेसमा सशक्त बनाइँदै हिन्दूराष्ट्रको एजेण्डा, भोलि ‘महाअभियान’ घोषणा – Nepal Press

कांग्रेसमा सशक्त बनाइँदै हिन्दूराष्ट्रको एजेण्डा, भोलि ‘महाअभियान’ घोषणा

शंकर भण्डारी नेतृत्वको समितिको महासचिवमा भीम पराजुली, अरु को-को भए मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भोलि हुने भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा भोलि महाअभियानको घोषणा हुन लागेको अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकाल बताएका छन् ।

उनका अनुसार शनिबार १२:३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।

संयोजक भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले समितिको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम्‌ विराटनगर नगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम्‌ सांसद मुक्ताकुमारी यादवलाई मनोनयन गरेको छ ।

बैठकले कांग्रेसका नेता एवम्‌ पूर्वसांसद हर्षजित लामा र पूर्वसचिव विश्वप्रकाश पण्डितलाई सल्लाहकारमा मनोनयन गरेको प्रवक्ता ढकालले बताए ।

उनका अनुसार वैठकले सुरेन्द्र हमाल, राजुराज जोशी, नरोक्तम वैद्य महासमिति सदस्य र डा. लता घिमिरे, इन्दुप्रकाश शर्मा, नख्खी खान, ढुण्डिराज पोखरेल, दिवस ढुङ्गेल, काठमाडौं, गणेश सिग्देल, राजेन्द्रभक्त श्रेष्ठ, विश्वनाथ दाहाल, अच्युत सुवेदी, खिलप्रसाद सुवेदी, प्रविण घिमिरे, निशेष ढुङ्गेल, सीताराम काफ्लेलाई सदस्यमा मनोनीत गरेको छ ।

यस्तै, घनश्याम घिसिङ, मोहन पाण्डे, रोहिणीप्रसाद आचार्य, गणेशप्रसाद न्यौपाने, गिरिराज पाठक, रामचन्द्र तिवारी, उद्धवप्रकाश नेपाल, प्रकाश प्रधान, अशोकनाथ योगी, देवराज चालिसे, विष्णु मुस्कानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । फागुन ७ देखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ। अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरुले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर