वनभोजमा खाना सर्केर रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिवको निधन – Nepal Press

वनभोजमा खाना सर्केर रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिवको निधन

काठमाडौं । रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर एकजनाको मृत्यु भएको छ । मेयर लवश्री न्यौपानेका स्वकीय सचिव समेत रहेका ४८ वर्षीय लक्ष्मण श्रेष्ठको खाना सर्केर निधन भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकेका थिए ।

उनी लगातार खोकीले पनि ठिक नभएर शिथिल बनेपछि उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर बोलाए पनि हेलिकोप्टर नपुग्दै मृत्यु भएको हो । अकल्पनीय घटनाका कारण वडाध्यक्ष समिर कार्की समेत केहीबेर बहोस भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *