गैसस महासंघद्वारा ३१ बुँदे नागरिक घोषणापत्र जारी, समाज कल्याण परिषद्को ढाँचा पुनरसंरचना गर्नुपर्ने माग – Nepal Press

गैसस महासंघद्वारा ३१ बुँदे नागरिक घोषणापत्र जारी, समाज कल्याण परिषद्को ढाँचा पुनरसंरचना गर्नुपर्ने माग

काठमाडौं । गैर सरकारी संस्था महासंघ नेपाल (गैसस) ले ३१ बुँदे नागरिक घोषणाापत्र जारी गरेको छ ।

आइतबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ३१ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । महासंघको २९औ वार्षिक साधारण सभाबाट नागरिक घोषणा पत्र २०८० जारी गरिएको हो ।

नागरीक संघ संगठनहरूको छाता संगठनका रुपमा रहेको ‘गैर सरकारी संस्था महासंघ नेपाल’ले देश संघियतामा गएको आधा दशक हुँदापनि समाज कल्याण परिषद् पुरानै ढाँचामा संचालन लज्जास्पद भएको उल्लेख गरेको छ ।

समाज कल्याण परिषद् पुरानै ढाँचामा संचालन लज्जास्पद भएकोले पुनरसंरचना गर्नुपर्ने र प्रदेश स्तारबाट परियोनाहरु स्वीकृतको व्यवस्था हुनुपर्ने महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । नागरिक घोषणा पत्र २०८० नै वर्षभरीको मार्गदर्शन हुने महासंघका अध्यक्ष सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *