केशु विरहीको ग्रन्थ ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक
काठमाडौं । लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा पुस्तक तेह्रथुमबाट निर्वाचित सांसद तथा सहरी विकासमन्त्री सीता गुरुङ तथा मदन पुरस्कार बिजेता लेखक भगिराज इङनाम लगायतले सार्वजनिक गरे ।
झण्डै डेढ दशकको तयारी र पछिल्लो दुई वर्षको फुलटाइमर कामपछि पुस्तक तयार भएको लेखक विरहीले बताए । किताबबारे बोल्दै साहित्यकार तथा समिक्षक ममता मृदुलले किताबमा लेखकले नौ कृति ल्याइसकेका विरहीको ताजा किताब उत्तिकै महत्वपूर्ण भएको मृदुलले बताइन् । उनले पुस्तक रचना कृति लिएर खण्ड खण्डमा राखेको बताइन् ।
मदन पुरस्कार बिजेता लेखक भगिराग इङनामले १८६७ सालमा तेह्रथुमको नाम रहेको भनेर लेखकले पुरानाले गरेको गल्ती नदोहोर्याएको बताए । किताबमा मुन्धुमबारेमा पनि इङनामले बोलेका थिए । लिम्बुबारेमा बोल्दै इङनामले भने,‘लेखकले लिम्बुलाई याक्थुङ भनेर सहि नाम दिए । नेपालीले लिम्बु र सिक्किमले लेप्चाले चोङ भन्छन याक्थुङलाई ।