नेपाल ‘ए’ टीम पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित (तस्विरहरु)
काठमाडौं । तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा क्यानडासँग नेपाल ‘ए’ टीम ४ विकेटले पराजित भएको छ ।
नेपाल ए टीमले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका नवनित धलिवलले सर्वाधिक ८० रन बनाए । निखिल दत्त ६७ रनमा अविजित रहे ।
नेपालका शाहब आलमले २, रसिद खान, सागर ढकाल, प्रतिश जीसी र बसिर अहमदले समान १-१ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।
नेपालका लागि बसिर अहमदले ५०, रसिद खानले ४०, मायन यादवले ३५, सन्दीप जोराले १४, किरण ठगुन्नाले २५, विवेक यादवले २१, कप्तान विनोद भण्डारीले ५, प्रतिश जीसीले ४ र अर्जुन कुमालले ४ रनको योगदान दिए ।
बलिङमा क्यानडाका कप्तान साद बिन जफरले ३, ईश्वरजोत सोहीले २, डिलोन हेलिगर, हर्ष ठकेर र सहिद अहमदजाईले समान १-१ विकेट लिएका थिए ।
तस्विरहरु : उमेश कार्की