लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड – Nepal Press

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

रूपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयका रजिष्टारको मूल्यांकनबाट आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गरे । विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा।डा।भीमप्रसाद सुवेदी नेतृत्वको जुरी समितिले उत्कृष्ट अवार्डका लागि विश्वविद्यालयका पदाधिकारीको कार्य मूल्यांकन गरेको थियो । मूल्यांकनमा डा।आचार्य उत्कृष्ट रजिष्टार बनेको आयोजक कलेज रिर्डसका प्रमुख कार्यकारी निर्देशक जितेन्द्र घिमिरेले जानकारी दिए ।

उपकुलपतितर्फ सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.नन्दबहादुर सिंहले अवार्ड प्राप्त गरेका छन् । त्यस्तै प्रोमिसिंग उपकुलति अवार्डबाट काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा सम्मानित भए । त्यस्तै प्रोमेसिंग रजिष्टारको अवार्ड पोखरा विश्वविद्यालयका रजिष्टार डा.दीपकबहादुर भण्डारीले प्राप्त गरे ।

अवार्ड प्रदानका लागि छनौट गर्न १३ वटा सूचक बनाइएको थियो । विश्वविद्यालयको शैक्षिक, भौतिक विकास, आर्थिक पारदर्शिता र शुसासनसहितका सूचकका आधारमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *