पहिलो शतक प्रहार गरेकी रुविना भन्छिन्- टीमले नजित्दा शतकको खासै भ्यालु लागेन
काठमाडौं । एसीसी महिला प्रिमियर कपमा पहिलो शतक प्रहार गरेकी नेपाली राष्ट्रिय टोलीको पूर्व कप्तान रुविना क्षेत्रीले टीमले नजित्दा शतकको खासै भ्यालु नभएको बताएकी छन् । सोमबार स्वदेश फर्किएकी पूर्व कप्तान रुविनाले शतकको खासै भ्यालु नलागेको बताइन् ।
‘पर्सनल माइलस्टोन त भयो । तर, टिम इभेन्टमा टिमको रिजल्ट नआउँदा चाहिँ त्यो शतकको मलाई खासै भ्यालु नै लाग्या छैन,’ उनले भनिन् ।
प्रिमियर कपको माल्दिभ्स विरुद्ध रुविनाले नेपाली महिला क्रिकेटमै पहिलो शतक प्रहार गरेकी थिइन् । उनले मलेसियाविरुद्ध ११८ रनको शतकीय इनिङ खेलेको थिइन् ।
टिमको रिजल्ट नआको देख्दा एकदमै थकान महसुस भइरहेको रुविनाले बताइन् । जुनियर प्लेयरहरूले म्याच विनिङ पारी खेल्न नसकेको उनको भनाइ छ ।