सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिटिस्केप थकाली बीच ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
दरबारमार्ग, काठमाडौं स्थित सिटिस्केप थकाली र सिटिजन्स बैंक बिच ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकाली मा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर रहेका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।