२१ वटा लघुवित्त कम्पनी नोक्सानमा – Nepal Press

२१ वटा लघुवित्त कम्पनी नोक्सानमा

काठमाडौ । चालु आर्थिक वर्षको ६ महिनामा २१ वटा लघुवित्त घाटामा देखिएका छन् । यो ६ महिनामा ५७ वटा लघुवित्तको नाफा ९० करोड ७३ लाख ३२ हजार रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्था सार्वजनिक गर्दै ५७ लघुवित्त वित्तिय संस्थामा २१ वटा लघुवित्तहरु नोक्सानमा रहेको जानकारी दिएको छ । यस्तै लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । चयस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र रहेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २.८३ प्रतिशत मात्र लगानी प्रतिफल दिन सक्ने अवस्था रहेको छ ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाले १४.७९ प्रतिशत आधार दर (बेसरेट)मा कर्जा लगानी गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशतसम्म आधार दरमा कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म लघुवित्त वित्तीय संस्थाको पुँजी कोष अनुपात ११.३२ प्रतिशत रहेको छ । यस अवधिसम्म लघुवित्तमा २ अर्ब ७० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *